काठमाडौं महानगरको मेयरमा बालेन साह निर्वाचित
वालेन्द्र साह
(३२ )
स्वतन्त्र
६१७६७
स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी
उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।
३१ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् ।
उनी र्यापरका रूपमा पनि चर्चित छन् ।
बालेन आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र ध्रुवदेवी साहका छोरा हुन् ।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि बनाए
आफ्नो इञ्जिनियरिङ पृष्ठभूमिका कारण काठमाडौंको विकासका लागि आफू योग्य
अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ
थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु -Balen