Ratauli Yuba Club published the job vacancy for the post of project officer, supervisor and JTA. This job based at Jaleshwor Municipality. Ratauli Yuba Club requested to apply all interested candidates.
Job Vacancy Details:
कर्मचारीको आवश्यकता
प्रकाशितमिति: २०७७।०८।१९ गते (४ डिसेम्बर,२०२०)
सेभ द चिलड्रेन र रतौली युवा क्लबको साझेदारीमा महोत्तरी जिल्लामा संचालित विभिन्न परियोजनाहरुका लागि १८ वर्ष पुरा भई ५० बर्ष ननाघेका सम्बन्धित पदमा अनुभवी नेपाली नागरिकहरुबाट ७दिनभित्र दरखास्तदिनआव्हान गरिएको छ ।
पद: परियोजना अधिकृत, प्रारम्भिकबालबिकास कार्यक्रम–१ जना
योग्यता:
स्नातकतह वा सो सरह उतिर्ण गरेको (शिक्षा संकायबिषयमा स्नातक गरेकालाई बिशेष प्राथमिकता) ।
अनुभव:
- प्राारम्भिक बाल स्याहार तथा बिकास क्षेत्रमा कम्तिमा २ बर्षको कार्य अनुभवभएको ।
- कार्यक्रमको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा सुपरिवेक्षण गर्न सक्ने ।
- बालबिकास केन्द्र तथा शिक्षा सरोकारवालाहरु संग समन्वय गर्न सक्ने ।
- समुदायमा बालबिकास उमेरसमुहका बालबालिकाहरुको आवश्यकता र रुची पहिचान गरि कार्यक्रम संचालन गर्ने क्षमताभएको ।
- समुदाय परिचालन तथा बालबालिका संग काम गर्न सक्ने अनुभव भएको ।
- कम्प्यूटर (वर्ड, एक्सेल, पावरपवाईन्ट) र ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
- अंग्रेजी र नेपालीमा बोल्न सक्ने तथा दुवै भाषामा प्रतिवेदन लेख्न सक्ने ।
- स्थानिय भाषाको राम्रो ज्ञान भएको ।
- कार्यालयका बिभिन्न तह तथा बिभागमा समन्वय र सहकार्य गर्न सक्ने ।
- फिल्डमा ७० प्रतिशत समय दिई कार्य सम्पादन गर्न सक्ने ।
- मोटरसाईकल चालकअनुमतिपत्रप्राप्त गरेको ।
पद: सुपरभाईजर, प्रारम्भिक बालबिकास कार्यक्रम – ४ जना
योग्यताः
१०+२ वा सो सरह उत्तीर्ण गरेको,
अनुभव:
समुदाय परिचालन, सहजीकरण, गाँउतथा वडास्तरको योजनातर्जुमा, कार्यान्वयन, प्रतिवेदन लेख्न र सुपरिवेक्षणमा कम्तिमा २ बर्ष सामुदायिक संघ संस्थामाकार्य अनुभवभएको, समुदायमा बालबिकास उमेर समुहका बालबालिकाहरुको आवश्यकता र रुची पहिचान गरि कार्यक्रम संचालनगर्ने क्षमताभएको, आधारभुत कम्प्यूटर र स्मार्ट फोन सम्बन्धि राम्रो ज्ञान भएको, स्थानीय भाषाको ज्ञान भएको र स्थानीयलाई विशेष ग्राहयता, १०० प्रतिशत फिल्डमा रहीकार्य सम्पादन गर्नुपर्ने ।
पद: जे. टी/जे. टी. ए,समुन्नति कार्यक्रम— १ जना
योग्यता तथा अनुभवः
- कृषि विषयमा प्रविणता प्रमाणपत्र (क्ष्। क्अ। ब्न।) तह वा सो सरह मान्यताप्राप्त शिक्षण संस्थावाट उत्तीर्ण गरी कम्तिमा १ वर्ष कार्य गरेको, वा कृषि जे.टि.ए. उत्तिर्ण गरी ३ वर्ष कार्य अनुभवभएको,
- कृषक समुहलाई परिचालन, बालीविज्ञान, बजारिकरण सम्बन्धी अनुभवभएको,
- योजनातर्जुमा, कार्यान्वयन, व्यवस्थापनआदिमा राम्रो अनुभव,
- कम्प्युटर सम्बन्धिव्यवहारिक ज्ञानभएको,
- अँग्रेजी र नेपालीमा प्रतिवेदन लेख्न सक्ने र स्थानिय भाषाको ज्ञान भएको,
- स्थानिय स्तरमा नै बसेर कार्य गर्नुपर्ने ।
दरखास्त साथ संलग्नगर्नु पर्ने आवश्यककागजातहरुः
आवश्यक कागजातहरु: नेपाली नागरिकताको फोटोकपी, कम्तीमा २ जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क नम्बर सहितको ब्यक्तिगत विवरण (Bio-Data),अनुभवको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी सहित प्रष्ट रुपमा पद उल्लेख गरिएको आवेदन ।
नोट: प्रारम्भीक छनौटमा परेकाउम्मेदवारहरुलाई मात्रलिखित, मौखिकतथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गराइनेछ । संस्थाको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत युवाहरु तथा स्थानीयहरुलाई प्राथमिकता दिईनेछ । निवेदक बाल संरक्षण नितीको पालनागर्ने तथा कुनै किसिमको यौन दुव्र्यवहार, हिंसा, शोषण, विभेद, बेवस्ता, बेचविखन आदी कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निश्पक्ष र मेहनती व्यक्ति हुनुपर्नेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्तव्यक्तिले पठाएको निवेदन स्वतः अमान्य हुनेछ ।
दरखास्त दिने अन्तिम मिति: २०७७।०८।२५ गते साँझ ४ः०० बजे सम्म ।
जानकारी लिन तथा आवेदन दिने ठेगाना:
रतौली युवा (RYC)
टाउन प्लानिङ, जलेश्वर २, महोत्तरी
फोन नं. ०४४–५२०७९५
इमेल: vacancyryc@gmail.com
सर म अहिले +२ को परीक्षा दीयर बासीरहेको छु । मेरो घर को आर्थिक अबस्ता कम्जोर भयको हुनाले मलाइ जब को यकदमै आबस्यक्ता छ । Computer basic garako r managment facilaty bhata computer science +2 Exam deyako r mobile phone baram saab jankari x ma ma soo hajur haru lea halnu vayako yogata aanusar ma superviser ma mero form darta garna chanxu .
aasa x hajur haru lea ma dukhi lai hernu hunxa vanara
Thank You,